जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • यू-१९ एसिया कपमा नेपालको पहिलो खेल पाकिस्तानसँग

यू-१९ एसिया कपमा नेपालको पहिलो खेल पाकिस्तानसँग

एक महिनापछि दुबइमा हुने यू-१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानविरुद्ध खेल्ने भएको छ। खेल मंसिर २२ गते हुनेछ।

प्रतियोगितामा सहभागी हुने ८ देशलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान, भारत र अफगानिस्तान छन्। त्यस्तै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, जापान र यूएई छन्।

नेपालले २४ गते अफगानिस्तान र २६ गते भारतविरुद्ध खेल्नेछ। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। खेल २९ गते हुनेछ। फाइनल खेल पुस १ गते हुनेछ।

टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशले एसिया कपमा सोझै स्थान बनाएका हुन्। नेपाल, यूएई र जापानले यू-१९ प्रिमियर कपमा शीर्ष तीनमा रहँदै प्रतियोगितामा स्थान बनाएका हुन्। कात्तिक ७ गते सम्पन्न प्रिमियर कपमा यूएईलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो।

देव खनालको कप्‍तानीमा रहेको नेपाली यू-१९ टोलीले विश्‍वकपमा समेत स्थान बनाइसकेको छ।

975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?