जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट

हिमालयन बैंकले आफ्ना ग्राहकलाई देशका विभिन्न १६० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ।

बैंकले ग्राहकमाझ सेवा अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं, पोखरा, चितवन लगायत १६० भन्दा बढी स्थानमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो।

बैंकका ग्राहकले देशका विभिन्न स्थानमा रहेका होटल, रेष्टुरेन्ट, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृहका साथै कपडा, चश्मा, घडी, मोबाइल, ल्यापटप, खेल सामग्री, फर्निचर लगायतको खरिदमा छुट पाउन सक्नेछन्।

कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक र एडभेन्चर टुरिज्ममा पनि छुट पाउने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

बैंकले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा ग्राहकलाई २०% सम्म छुटको व्यवस्था गरेको हो। छुट सुविधा प्राप्‍त गर्न ग्राहकले बिल लिनु पहिले बैंकको डेबिट/क्रेडिट कार्ड वा चेक बुक देखाउनु पर्नेछ। छुट पाउने स्थान बढाएर २०० पुर्‍याउने तयारी रहेको बैंकले जनाएको छ।

3295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका