जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बीमा संस्थानको विशेष साधारणसभा अनिश्चित समयमा पब्लिक कम्पनी बन्नेमा आशंका

बीमा संस्थानको विशेष साधारणसभा अनिश्चित समयमा पब्लिक कम्पनी बन्नेमा आशंका

पब्लिक कम्पनीमा रुपान्तरण हुने तरखरमा रहेको राष्ट्रिय बीमा संस्थानको विशेष साधारणसभा अनिश्चित बनेको छ । यसअघि दुईपटकसम्म साधारणसभाको मिति तोकेर स्थगित भएकोमा अब नयाँ मिति कहिले तोकिने छ भन्ने निश्चित छैन ।

सरकार कै कारण विशेष साधारणसभामा ढिलाई भएको बताईएको छ । संस्थानको सभामा पेश हुने प्रस्तावक सम्बन्धमा महत्वपूर्ण सेयर होल्डर रहेको सरकारबाट निर्णय भइनसकेका कारण साधारणसभा अनिश्चित भएको हो ।

संस्थानका प्रशासक कवि प्रसाद पाठकले मन्त्रिपरिषदको निर्णय आएसँगै साधारणसभाको नयाँ मिति तोकिने बताएका छन् । साधारणसभामा लैजाने प्रस्तावका विषयमा यसअघि नै संस्थानले अर्थमन्त्रालयमा पठाइसकेको छ । उनले भने, ‘सो विषयमा मन्त्रिपरिषद (क्याबिनेट) बाट निर्णय गर्नुपर्ने जवाफ मन्त्रालयले दिएको छ । ‘ नेपाल सरकारको स्वामित्वमा रहेको संस्थान भएकाले सरकारको तर्फबाट स्वीकृत भएपछि सभा बस्ने बाँकी प्रक्रिया अघि बढ्ने उनको भनाई छ ।

बीमा ऐन २०७९ मा भएको प्रावधान बमोजिम संस्थान आगामी कात्तिक २३ गतेभित्र पब्लिक कम्पनीमा रुपान्तरण हुनुपर्ने बाध्यात्मक अवस्था छ । निकै छोटो समय मात्रै बाँकी रहेको साथै ठूला चाडपर्व यही बीच पर्ने हुँदा तोकिएको मितिमा नै कम्पनीले साधारणसभा सम्पन्न गरी पब्लिकमा रुपान्तरण भईसक्नेमा आशंका उब्जिएको छ । प्रशासक पाठकले आफूहरु सरकारको निर्णय आइनसक्दा अलमलमा रहेको बताएका छन् ।

यद्यपी आफूहरुसँग असोज महिनाको समय अझै बाँकी रहेको भन्दै यो समयावधिमा सभा सम्पन्न गरी पब्लिक कम्पनीमा रुपान्तरणको प्रक्रियामा अगाडि बढ्न सकिने उनी बताउँछन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भदौ ३१ गते अमेरिका गएका प्रधानमन्त्री पुष्पकमल दाहाल यति बेला चीनको भ्रमणमा रहेका छन् । कार्यतालिका अनुसार प्रधानमन्त्री दाहाल असोज १३ गते स्वदेश फिर्ता हुनेछन् । प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता भएपछि क्याबिनेटको बैठक बसी सो विषयमा निर्णय भइहालेमा पनि असोज महिनाका लागि १४ कार्यदिन मात्रै बाँकी रहने देखिन्छ ।

गत असोज २३ गते जारी भएको बीमा ऐन, २०७९ को दफा १७२ को उपदफा ३ क बमोजिम संस्थान कात्तिकको २३ गतेसम्म कम्पनीमा रुपान्तरण हुनुपर्ने छ । साथै हाल २० करोड मात्रै चुक्ता पूँजी रहेको यस संस्थानले नियामक निकाय बीमा प्राधीकरणले तोके बमोजिम चुक्तापूँजी पनि ५ अर्ब पुर्याउनु पर्नेछ ।

संस्थापकले पुँजी थप्ने र सर्वसाधारणलाईलाई शेयर निष्काशन गरेर पूँजी पुर्याउने योजना संस्थानको छ । संस्थानले संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय बमोजिम कार्य योजना तयार गरी नेपाल सरकार अर्थ मन्त्रालयमा पेश गरेको छ ।

1180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका