जोडिनुहोस
सोमवार, चैत्र २४, २०८१
सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • पत्रकारलाई पनि पेन्सन, कति पाउँछन् पैसा ?

पत्रकारलाई पनि पेन्सन, कति पाउँछन् पैसा ?

सूचना तथा प्रसारण विभागले जेष्ठ पत्रकारहरुलाई वृत्ति सेवाका लागि आवेदन आह्वान गरेको छ । विभागले पत्रकार वृति कोष तथा तथा सञ्चालन निर्देशिका बमोजिम विभिन्न सञ्चार माध्यममा आवद्ध जेष्ठ पत्रकारहरुका लागि आवेदन आह्वान गरेको हाे ।

३० वर्षदेखि पत्रकारिता पेसामा आवद्ध पत्रकारले सरकारबाट पेन्सनको सुविधा पाउने भएका हुन् । विभागले पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारहरूलाई वृत्ति प्रदान गर्न सूचना प्रकाशन भएको मितिले ३० (तीस) दिनभित्र कागजातसहित निवेदन दिन आग्रह गरेको छ ।

विभागका सूचना अधिकारी मीनकुमार शर्माले गत वर्षदेखि पत्रकारलाई पेन्सन प्रदान गरिरहेको जानकारी दिए । उनका अनुसार गत वर्ष ३ जना पत्रकारले यो सुविधा पाएका थिए । उनीहरुले मासिक अधिकतम् १० हजार रुपैयाँ पेन्सन पाएको उनको भनाइ छ । यो सुविधा पाउने पत्रकारले विभागबाट प्रदान गर्ने पत्रकार परिचयपत्र निरन्तर ३० वर्षसम्म नवीकरण गरेको हुनु पर्नेछ ।

विभागले सूचना मार्फत् निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रका प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र (नागरिकताको प्रमाणपत्रमा स्पष्ट जन्म मिति नखुलेको हकमा), तीस वर्षसम्म निरन्तर पत्रकारिता गरेको पुष्टि हुने कागजात र सङ्घीय एकाइका तीन तहबाट कुनै पनि प्रकारको आर्थिक तथा भौतिक सहयोग प्राप्त नगरेको भनी सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित भई आएको कागजात पेश गर्नु पर्ने जनाएकाे छ ।

यस्तै, पत्रकार वृत्तिका लागि नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय वा जिल्ला शाखाको सिफारिस पत्र, नेपालको सरकारी पदबाट निवृत्त भई वा हाल कुनै लाभको पदमा नेपाल सरकारद्वारा नियुक्त भई कुनै प्रकारको सेवा सुविधा प्राप्त नगरेको भनी स्वघोषणा र सूचना तथा प्रसारण विभागबाट जारी भएको प्रेस प्रतिनिधि प्रमाणपत्र पेश गर्नु पर्ने सूचनामा उल्लेख छ ।

2085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका