जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

सिटिजन्स बैंकले बडादसैंको अवसरमा आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्धेष्यका दराजसँग समझौता गरेको छ ।

बिहीबार काठमाडौं कम्पनीका पदाधिकारी र दराजका प्रतिनिधिबीच आगामी असोज १७ गतेबाट लागू हुने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।

दराजका पेमेन्ट म्यानेजर जोनाम भुर्तेल र बैंकका प्रमुख मास बैंकिङ्ग अफिसर रोशन मानन्धरले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा उल्लेख भए अनुसार सिटिजन्स बैंकको डेबिट कार्ड प्रयोग गरेर प्रीपेमेन्ट गर्ने ग्राहकहरूले १५ प्रतिशतसम्मको र अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशतसम्मको र अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।

उक्त अफरको लाभ लिन ग्राहकहरूले दराज एप वा वेबसाइटमार्फत सिटिजन्स बैंकको भौचरहरू संकलन गर्नुपर्नेछ जुन खरिद प्रक्रियामा आफै लागू हुनेछ ।

कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।

कम्पनीले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ५० हजारभन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका