जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ग्रीन डेभलपमेन्टको नाफा २ करोडभन्दा बढी

ग्रीन डेभलपमेन्टको नाफा २ करोडभन्दा बढी

गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले रू. २ करोड १३ लाख ३ हजार खुद नाफा गरेको छ । साउन २७ गते वित्तीय विवरण सार्वजनिक गरेको कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष ८१ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष यस अवधिमा कम्पनीले रू. १ करोड १७ लाख ५ हजार खुद नाफा गरेको थियो ।

हाल रू. ५० करोड चुक्तापूँजी रहेको यस कम्पनीको सञ्चालन मुनाफा अघिल्लो वर्षभन्दा ८१ दशमलव ९९ प्रतिशतनै बढी भएको छ । अघिल्लो वर्ष चौंथो त्रैमाससम्म रू. १ करोड ६७ लाख २२ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष सोहि अवधिमा रू. ३ करोड ४ लाख ३३ हजार यो नाफा गरेको हो ।

अघिल्लो वर्षभन्दा कम्पनीको जगेडा कोष रकम ८१ दशमलव ५० प्रतिशत बढी रू. २ करोड ७६ लाख ५८ हजार कायम गरेको छ । २९ प्रतिशत बढी रू. १ अबए ३० करोड २८ लाख २५ हजार निक्षेप संकलन गरेको यस कम्पनीले १७ दशमलव ७६ प्रतिशत बढी रू. १ अर्ब १४ करोड ६६ लाख ३२ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको कुल सम्पत्ति रू. १ अर्ब ८८ करोड ६८ लाख २५ हजार रहेको छ भने कुल दायित्व रू. १ अर्ब ३४ करोड ४५ लाख १२ हजार रहेको छ । अघिल्लो वर्ष निष्क्रिय कर्जा ३ दशमलव ८१ रहेकामा गत वर्ष १ दशमलव ८५ प्रतिशतमा झरेको छ ।

5405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका