जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सामाजिक सञ्जाल प्रयोगलाई मर्यादित बनाउन सरकारको आग्रह

सामाजिक सञ्जाल प्रयोगलाई मर्यादित बनाउन सरकारको आग्रह

सामाजिक सञ्जालको मर्यादित प्रयोगका लागि सरकारले आग्रह गरेको छ। सामाजिक सञ्जालको प्रयोगबाट विभिन्न साम्प्रादायिक सद्भभाव विपरीतका घटना बढ्न थालेपछि सरकारले जातजाति तथा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको हो। मन्त्रिपरिषद्ले विशेष प्रस्ताव पारित गर्दै सामाजिक सञ्जालको प्रयोगमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकतालाई ख्याल गर्न अपिल गरेको हो।

विशेष प्रस्तावमा भनिएको छ, ‘सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुर्‍याउने, जातीय भेदभाव, छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने वा प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएका कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री प्रकाशन वा प्रसारणजस्ता कार्य नगर्न नगराउन समेत नेपाल सरकार हार्दिक अपिल गर्दछ।’

यस्तै मन्त्रिपरिषदले विशेष अदालत नियमावली स्वीकृत गरेको छ। निर्माणजन्य सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक संसदमा दर्ताका लागि स्वीकृत दिएको छ।

बैठकले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संसदमा दर्ताका लागि स्वीकृत गरेको छ।

3000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका