जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकको नाफा ४९.४५ प्रतिशतले वृद्धि

लक्ष्मी सनराइज बैंकको नाफा ४९.४५ प्रतिशतले वृद्धि

लक्ष्मी सनराइज बैंकको नाफा ४९ दशमलव ४५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार चौथो त्रैमाससम्ममा बैंकको नाफा ४९ दशमलव ४५ प्रतिशतले वृद्धि गरी २ अर्ब २६ करोड रुपैयाँ कमाउन सफल भएको हो ।
बैंकको खुद ब्याज आम्दानी ४६ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७६ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । संचालन नाफा ५८ दशमलव ८९ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ९३ करोड रहेको छ ।
२१ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा १४ अर्ब रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा १ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म निक्षेप संकलन ११२ दशमलव ३० प्रतिशतले वृद्धि हुँदै २ खर्ब ९६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १०० दशमलव १३ प्रतिशतले वृद्धि हुँदै २ खर्ब ५३ अर्ब पुगेको छ । अघिल्लो वर्ष शुन्य दशमलव ८९ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा २ दशमलव ८१ प्रतिशत रहेको छ ।

कम्पनीको खराब कर्जा भने केही बढेको छ ।

1235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका