जोडिनुहोस
शनिबार, चैत्र २२, २०८१
शनिबार, चैत्र २२, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा टोखामा वृक्षारोपण

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा टोखामा वृक्षारोपण

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले वृक्षारोपण अभियान सुरु गरेको छ । ‘एक खाता, एक विरुवा’ अभियानद्घारा वृक्षारोपण कार्यक्रम सुरु गरेको हो ।

बैंकले प्रत्येक एनआईएमबी ग्रिन फ्यूचर सेभिङ अकाउण्ट खाता खोल्ने ग्राहकको नाममा एक विरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ ।

बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका–२ मा ५०० वटा विरुवा रोपी यस अभियानको सुरुवात गरेको हो ।

वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतम, टोखा नगरपालिका–२ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडाका जनप्रतिनिधी, महिला स्वयंसेविका तथा सशस्त्र प्रहरी निरीक्षक सन्तोश केसी लगायतको उपस्थिति थियो ।

यस खाताको मुख्य उद्देश्य ग्राहकवर्गहरुलाई भविष्यका लागि बचत गर्न प्रत्साहित गर्नुका साथसाथै वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउनु रहेको छ ।

पाँच सय रुपैयाँमा खोल्न सकिने यस खातामा ग्राहकवर्गहरुले आकर्षक ब्याजदर, ग्रिन पिन कार्ड सुविधा, निःशुल्क चेक बुक, प्रथम वर्षका लागि निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ सुविधा उपलब्ध गर्न सक्नुहुनेछ ।

साथै, बैंकले ग्राहकवर्गहरुलाई इको फ्रेन्डली ऋणलाई प्राथमिकतामा राखी प्रोसेसिङमा २५ प्रतिशत छुट समेत दिने जनाएको छ ।

2070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका