जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • प्रभु क्यापिटल र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टर बीच विशेष छूट सम्झौता

प्रभु क्यापिटल र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टर बीच विशेष छूट सम्झौता

प्रभु क्यापिटलले हितग्राही खाता ग्राहकको लागि विशेष अफर ल्याएको छ । उक्त अफर कार्यान्वयनमा ल्याउन प्रभु क्यापिटल लिमिटेड र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टर बीच सम्झौता भएको हो ।

आइतबार भएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुले मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिदा २५ प्रतिशत छूट अफर पाउने छन् । यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो् आईडी कार्ड प्रस्तुत गर्नुपर्नेछ । जसको आधारमा ईम्पेक्सले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ ।

यो अफर क्यापिटलका हितग्राही ग्राहकहरुले सम्झौता अवधिदेखि आगामी दुई वर्ष अवधि अर्थात् २०८ २ १७ मंसिर १७ गतेसम्मका लागि ईम्पेक्सको सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् ।

2915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका