जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • एसबीआई बैंकको एटीएम मेसिनसहित ३० लाख भारु गायब, पिकअप भ्यानमा लगेको खुलासा !

एसबीआई बैंकको एटीएम मेसिनसहित ३० लाख भारु गायब, पिकअप भ्यानमा लगेको खुलासा !

भारतको आगरामा आइतबार राति एउटा एटीएम मेसिन नै चोरी भएको छ ।

एसबीआई बैंकको एटीएम मेसिन राति करिब अढाई बजे चोरी भएको हिन्दुस्तान टाइम्सले समाचार छापेको छ ।चोरीको उक्त घटना सीसीटीभी क्यामेरामा कैद पनि छ ।

चार–पाँच जनाको समूहले एटीएम मेसिनलाई एउटा पिकअप भ्यानमा राखेको सीसीटीभी फुटेजमा देखिन्छ ।कागारौल गाउँमा उक्त घटना भएको समाचारमा उल्लेख छ ।

पुलिस कमिस्नर डा. प्रितीन्दर सिंहका अनुसार एटीएम मेसिनमा २९ देखि ३० लाख भारु नगद थियो ।एटीएम मेसिन रहेको घरकै माथिल्लो तलामा बस्दै आएका रामनिवास रावतले राति आवाज आएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर हेर्दा एटीएम मेसिन नै गायब थियो । -एजेन्सी

2410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका