जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति युनिसेक्स सैलुनमा विशेष छुट

नबिल बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति युनिसेक्स सैलुनमा विशेष छुट

नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एन्ड शान्ति युनिसेक्स सैलुनले उपलब्ध गराउने सेवामा आकर्षक छुट पाउने भएका छन् । बैंक र हेयर एन्ड शान्ति युनिसेक्स सैलुन बीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एन्ड शान्ति सैलुनकी सञ्चालिका विनिता बुढाथोकीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिटी कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्य लगायत सम्पूर्ण सेवामा उपलब्ध हुने सैलुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

3520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका