जोडिनुहोस
आइतवार, साउन ३, २०८३
आइतवार, साउन ३, २०८३
  • होमपेज
  • सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटी आँखा सेन्टरमा छुट सुविधा

सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटी आँखा सेन्टरमा छुट सुविधा

सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न तिलगंगा सिटी आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट पाउनेछन् । साथै ग्राहकले पहिलो पटक आँखा जाँच गर्दा ५० रुपैयाँको परामर्श शुल्क मात्र लाग्नेछ ।

बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकका देशका सातै प्रदेशमा १३२ कार्यालय तथा १२३ एटीएम काउन्टर सञ्चालनमा छन् ।

3400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका