जोडिनुहोस
आइतवार, बैशाख २३, २०८१
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • नबिल बैंकका सीइओ ढुंगानाले भने-‘राष्ट्र बैंकको पछिल्लो निर्देशनले खराब कर्जा थप बढ्छ’

नबिल बैंकका सीइओ ढुंगानाले भने-‘राष्ट्र बैंकको पछिल्लो निर्देशनले खराब कर्जा थप बढ्छ’

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राष्ट्र बैंकको पछिल्लो निर्देशनले बैंकहरुको खराब कर्जा (एनपीएल) थप बढ्ने बताएका छन्।

महिला आर्थिक पत्रकार संघले आयोजना गरेको नीतिगत बहस सम्बन्धि कार्यक्रममा उनले सो कुरा बताएका हुन्। ‘पछिल्लो समयमा बैंकहरुको एनपीएल बढ्दै गएको छ। त्यसमा पनि राष्ट्र बैंकको निर्देशनले थप बढ्ने देखेको छु,’ उनले भने, ‘माघदेखि असारसम्म हामीले जति कर्जाहरु रिकभरी गर्छौ। त्यो कर्जालाई ६ महिनासम्म असल कर्जामा देखाउन पाउँदैनौ।’

उनले विकासका कामममा परनिर्भर हुँदा आर्थिक गतिविधि सुस्त भएको समेत बताए। अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने उनको भनाइ थियो।

उपभोगदेखि उधारो उठ्ने छाड्दा समग्र अर्थतन्त्रमा नै समस्या आएको बताउँदै त्यसले बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनले जिकिर गरे। अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने उनले बताए।

575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका