जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपाल बैंकको ‘सुनकाण्ड’ संसदमा छताछुल्ल, सांसदको प्रश्न, ‘बैंकबाट सुन हरायो’, प्रचण्डको जवाफ, ‘फिर्ता भईसक्यो’

नेपाल बैंकको ‘सुनकाण्ड’ संसदमा छताछुल्ल, सांसदको प्रश्न, ‘बैंकबाट सुन हरायो’, प्रचण्डको जवाफ, ‘फिर्ता भईसक्यो’

नेपाल बैंकमा केहि समय अगाडी घटेको सुनकाण्ड संसदमा छताछुल्ल भएको छ । प्रतिनिधिसभा सदस्य कुशुमदेवी थापाले नेपाल बैंकले बैंकमा राखिएको सुन जनतालाई फिर्ता नगरेको प्रकरणबारे बोलेपछि संसदमा यो प्रकरण छताछुल्ल भएको हो ।

केहि समयअगाडी ग्राहकले नेपाल बैंकको लकरमा राखेको सुन हराएको थियो । यो प्रकरण बैंकमा सामसुम पार्न खोजेको थियो । तर, बैंकले सुन फिर्ता गर्न आनाकानी गरेपछि पीडीतहरुले जनप्रतिनिधि गुहारेका थिए । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई यस विषयमा प्रश्न गरेपछि यो प्रकरण छताछुल्ल भएको हो । उनले तत्कालीन समयमा नेपाल बैंकमा सुरक्षाका लागि राखिएको सुन बैंकले फिर्ता नगरेको आरोप लगाउँद त्यसको कारणसमेतको माग गरेकी थिइन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले नेपाल बैंकमा राखिएको सुन फिर्ता भइरकेको र क्षतिपूर्ति दिने काम पनि भइसकेको बताएका छन् । ‘नेपाल बैंकमा राखिएको सुन फिर्ता नभएको सन्दर्भमा त्यस प्रकारको सुन फिर्ता वा क्षतिपूर्ति दिने काम भएको छ ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘कसैले फिर्ता पाउन बाँकी रहेको भए प्रमाणसहित बैंकमा सम्पर्क गरेमा सुन फिर्ता हुन्छ ।’

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले उक्त प्रक्रियामा सरकारले बैंकसँग सहजीकरण गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका