जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२

हालको खबर

  • होमपेज
  • एमाले अध्यक्ष ओलीले भने- पुँजीपतिहरुले हात हालेकाले सहकारी संकटमा परे

एमाले अध्यक्ष ओलीले भने- पुँजीपतिहरुले हात हालेकाले सहकारी संकटमा परे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुँजीपतिहरुले हात हालेकाले सहकारी क्षेत्र संकटमा परेको बताएका छन्।

नेपाल निजामती कर्मचारी संगठन अन्तर्गतका सहकारीहरुको सोमबार काठमाडौंमा सुरु भएको पाँचौं राष्ट्रिय भेला उद्‍घाटन गर्दै उनले सहकारीलाई पुँजीपतिहरुले धन्दाका रुपमा अगाडि बढाएकाले यो क्षेत्र बर्बाद हुन पुगेको बताए।

‘पुँजीपतिले सहकारीमा हात हाले। उनीहरुको काम उद्योग कलकारखाना चलाउने हो, व्यवसाय गर्ने हो। तर सहकारी चलाउने भनेर धन्दाको रुपमा अगाडि बढाएकाले बर्बाद भयो,’ उनले भने। उनले पुँजीपतिहरुले सहकारी खोलेर सदस्यहरुको रकम महँगा गाडी किन्न र घर बनाउन खर्च गरेको आरोप लगाए।

‘सहकारी खोलेर राम्रो गाडी किने। घर बनाए। आवश्यक भन्दा बढी कर्मचारी र कम्प्युटर राखे। फूर्तिफार्तीमै पैसा सके। नियम संगत नभएपछि डुब्नु अनिवार्य हुन्छ। उनीहरुका कारण सहकारी क्षेत्र नै बदनाम भएको छ,’ उनले भने, ‘गरिब जनताको आर्थिक अवस्था उकास्नका लागि सहकारी चाहिने हो। तर सहकारी जसलाई आवश्यक छैन उनीहरु संचालक भएका कारण संकट आयो। उनीहरुकै कारण सहकारीप्रति अविश्वास र आशंका बढ्न गएको छ।’

1745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका