जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • २० वाणिज्य बैंकहरुको ७ महिनाको नाफा मात्र ३५ अर्बः पहिलो नबिल बैंक, दोस्रो राष्ट्रिय वाणिज्य बैंक, तेस्रो ग्लोबल आईएमई बैंक, चौथो प्राइम कर्मशियल बैंक, पाँचौ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड

२० वाणिज्य बैंकहरुको ७ महिनाको नाफा मात्र ३५ अर्बः पहिलो नबिल बैंक, दोस्रो राष्ट्रिय वाणिज्य बैंक, तेस्रो ग्लोबल आईएमई बैंक, चौथो प्राइम कर्मशियल बैंक, पाँचौ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड

नेपालका २० वाणिज्य बैंकहरुको नाफा ७ महिनामा मात्रै ३५ अर्ब देखिएको छ भन्दा अब फरक पर्दैन । सधैं नाफामा नबिल बैंकले अग्र स्थान ओगट्ने गरेको छ । यता ठूला बैंकहरुलाई नाफामा चुनौती दिँदै आएको एनआईसी एशिया बैंक यस पटक छैटो स्थानामा झरेको देखिन्छ । यो बैंकले ७ महिनामा मात्र २ अर्ब १४ करोड ३० लाख नाफा कमाएको देखिन्छ ।
७ महिनामा २० वटा वाणिज्य बैंकले कुल ३५ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका हुन् । सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ ।

यो बैंकले ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी दोस्रो सर्वाधिक नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यो बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । भन्दा फरक पर्दैन । उच्च नाफा आर्जनको हिसाबले ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा रहेको छ । यो ७ महिनामा ग्लोबल आइएमईले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । प्राइम कमर्सियल बैंक २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफाका साथ चौथो स्थानमा रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक २ अर्ब ३८ करोड ९ लाख रुपैयाँका साथ पाँचौँ स्थानमा रहेको छ । भन्दा फरक पर्दैन ।

धेरै नाफा कमाउनेको सूचीमा एनआईसी एसिया बैंक छैटौँ स्थानमा रहेको छ । यो बैंकले २ अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । माघसम्म एभरेस्ट बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९४ करोड १७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख रुपैयाँ र कुमारी बैंकले १ अर्ब १२ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।अर्ब मुनि नाफा आर्जन गर्नेमा ५ वटा वाणिज्य बैंक छन् । जसमा सिटिजन्स बैंकले ९९ करोढड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख रुपैयाँ, नेपाल बैंकले ९५ करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकले ९२ करोड ७६ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको भेटिएको छ । सचेत भया ।

665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका