जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए पद तथा गोपनियताको सपथ

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए पद तथा गोपनियताको सपथ

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम राज ठकालले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

कम्पनीको आज फागुन २० गते सम्पन्न भएको २६औं वार्षिक साधारणसभाबाट ढकाल संचालकमा चयन भएका थिए । त्यसपछि बसेको संचालक समितिको बैठकले उनलाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

त्यस्तै, सोही बमोजिम कम्पनीको सञ्चालक समितिका अध्यक्षले विज्ञ सञ्चालक कृष्ण प्रसाद शर्मा सहित नव निर्वाचित सञ्चालकहरुलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

कम्पनीको आज सम्पन्न २६औं बार्षिक साधारण सभाबाट आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल संचालक पदमा निर्बिरोध निर्वाचित भएका हुन् ।

3335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्