जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • सीआईबीले बिनोद चौधरीमाथि छानविन गर्दै

सीआईबीले बिनोद चौधरीमाथि छानविन गर्दै

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सांसद बिनोद चौधरीमाथि छानबिन भइरहेको पत्र सभामुख देवराज घिमिरेलाई पठाएको छ । बुधबार सीआईबीले सरकारी जग्गा किर्ते प्रकरणमा नेपाली काँग्रेसका सांसदसमेत रहेका चौधरीमाथि छानबिन गरिरहेको भन्दै सभामुख घिमिरेलाई पत्र पठाएको हो ।

‘…च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’ सीआईबीले सभामुखलाई पठाएको पत्रमा उल्लेख छ ।

सीआईबीले पठाएको पत्र अनुसार काठमाडौँ महानगरपालिका–३ को कार्यालय र नवराज शर्मासमेतको जाहेरीका आधारमा बाँसबारी जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको छ ।

3080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?