जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • वित्तीय साक्षरता सम्वन्धी कामना सेवाको विभिन्न कार्यक्रम सम्पन्न

वित्तीय साक्षरता सम्वन्धी कामना सेवाको विभिन्न कार्यक्रम सम्पन्न

विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले अमलटारी, पोखरामा इको टुरिजम कृषि समुह तथा इको टुरिजम युथ क्लबको सहर्कायमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष तथा क्लबका ४० जना भन्दा बढी सदस्यहरुको सहभागीतामा बैंकका कवासोती शाखा प्रमुख हरि प्रसाद साप्कोटा तथा डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले प्रस्तुतिकरण गरेका थिए । बैंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी गराउनका लागि सो कार्यक्रमको आयोजना गरिएको हो ।

बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरुको भनाई रहेको थियो ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?