जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बमकाण्डको आरोपमा कांग्रेस सांसद मोहम्मद आफ्ताब आलम पक्राउ

बमकाण्डको आरोपमा कांग्रेस सांसद मोहम्मद आफ्ताब आलम पक्राउ

बम काण्डको आरोपमा रौतहट क्षेत्र नम्बर–२ बाट निर्वाचित कांग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ परेका हुन् ।

आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौंबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।

उनीमाथि पहिलो संविधानसभाको निर्वाचन बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा बम विष्फोट भई बम बनाइरहेका १३ जनाको मृत्यु भएको र प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप लागेको छ ।

२०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ । उनले भारतबाट केही मानिस भाडामा ल्याएर चुनावमा प्रयोग गर्नका लागि बम बनाउन लगाएको र बनाउने क्रममा बम पड्किएको थियो ।

सो घटना लुकाउन उनले घाइतेहरूलाई नजिकैको इँटाभट्टाभित्र हालेर पोलेको भन्दै दुई जनाको परिवारले आलमविरूद्ध जाहेरी दिएका थिए । सोही पुरानो जाहेरीको आधारमा आलम पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् ।

13110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका