जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • बीमा प्राधिकरणको धनगढीमा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

बीमा प्राधिकरणको धनगढीमा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले बीमा अभिमुखिकरण कार्याक्रम सञ्चालन गरेको छ । प्राधिकरणले शुक्रबार (ली बर्ड) को सहकार्यमा कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा प्राधिकरणका सुदुरपश्चिम प्रदेश प्रमुख ह्दयश्रर पण्डितले सहभागिलाई बीमा सम्बन्धि अभिमुखखिकरण गरेका छन् । कार्यक्रममा उनले आम नागरिकहरु स्वयम्ले तथा परिवारको लागि बीमा गर्नु अति आवश्यक रहेको बताए । साथै, उनले सहभागिहरु साना किसान तथा सम्पूर्णलाई आफ्नो सम्पत्ति, व्यवसाय तथा स्वास्थ्यको बीमा गर्न समेत आग्रह गरे ।

उक्त कार्यक्रम जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानिय पहल (ली–बर्ड) ले सुदुरपश्चिम प्रदेशमा फेल्म नेपाल मार्फत फिनल्याण्ड सरकारको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा समानुकुलित जिविकोपार्जनका लागी साना किसानहरुको क्षमता अभिवृद्धि कार्यक्रम (सक्षम) परियोजना अन्तर्गत विभिन्न सहकारीहरुको मुल्य श्रृंखला विकास तथा व्यवसायिक योजना सम्बन्धी तालिम कार्यक्रममा प्रदेश प्रमुख पाण्डेले बीमा सम्बन्धि जनचेतनामुलक सम्बन्धि ज्ञानका कुरा बताए ।

1095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका