जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेशनल लाइफको ‘ट्रेनिङवीथ सोनु शर्मा’ योजनामा अभिकर्ताहरुको उल्लेख्य सहभागिता

नेशनल लाइफको ‘ट्रेनिङवीथ सोनु शर्मा’ योजनामा अभिकर्ताहरुको उल्लेख्य सहभागिता

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको ‘ट्रेनिङवीथ सोनु शर्मा’ योजनामा अभिकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । कम्पनीको उक्त योजनामा हालसम्म एक सय भन्दा बढी अभिकर्ताहरु समावेश भएका छन् ।

कम्पनीले ल्याएको उक्त योजनामा समावेश हुनको लागि अभिकर्ताहरुले बैशाख महिनामा आफ्नो व्यक्तिगत कोडमा ३ लाख ५० हजार रुपैयाँको व्यवसाय गर्नुपर्ने भएको छ । कम्पनीले भारतिय चर्चित मोटिभेसनल स्पिकर सोनु शर्मासँग तालिम प्रदान गरी अभिकर्ताहरुको क्षमता विकास गर्ने उदेश्यले उक्त योजना ल्याएको हो ।

उक्त योजनामा हालसम्म विभिन्न शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ताहरुमध्ये गाइघाट ब्रान्चकी सलिना मगर, सोही ब्रान्चका शिभ कुमार राई, जोरपाटी ब्रान्चका सुलिप राई, बर्दाघाट ब्रान्चका प्रकाश पन्थ, नारायणघाट ब्रान्चकी रुपा बस्नेत, तुलसिपुर ब्रान्चका दिनेश बहादुर बस्नेत, उर्लाबारी ब्रान्चका प्रकाश खनाल, कलंकी ब्रान्चका रुपक पराजुली, महेन्द्रनगर ब्रान्चका राजेन्द्र प्रसाद भट्ट, सोही ब्रान्चका पदम सिंह कुवर, उमादेवि साउद लगायतका अभिकर्ताहरु समावेश हुन सफल भएका छन् ।

त्यस्तै, विभिन्न शाखा कार्यालयबाट भिमा अधिकारी पोखरेल, श्याम कुमारी गौतम, नमिता राई, रत्न बहादुर डांगी, दिक्षा केसी, नारायण दत्त शर्मा, भावना सापकोटा, नन्दिता केसी, रबिन्द्र घिमिरे, संगिता कुमारी वली, सुजिता वली लगायत देशभरीका अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको छ ।

कम्पनीले विभिन्न समय परिस्थिती अनुसारका योजना सार्वजनिक गरी अभिकर्ताहरुलाई व्यवसायिक बनाउँदै आएको छ । कम्पनीका देशभरी सञ्चालन रहेका शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ताहरुले उक्त योजनामा सामेल हुनको लागि रात दिन संघर्ष गरी बीमा गराइरहेका छन् ।

2160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका