जोडिनुहोस
आइतवार, असार १४, २०८३
आइतवार, असार १४, २०८३
  • होमपेज
  • नेसनल लाइफ इन्स्योरेन्सले अभिकर्तालाई गर्‍यो सम्मान

नेसनल लाइफ इन्स्योरेन्सले अभिकर्तालाई गर्‍यो सम्मान

नेसनल लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई सम्मान गरेको छ। इन्स्योरेन्सले काठमाडौंमा एक कार्यक्रम गरी बागमती प्रदेशका ३५ अभिकर्तालाई सम्मान गरेको हो। कम्पनीले उनीहरुलाई ‘नेसनल रत्न अवार्ड’ दिएको छ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अवार्ड प्रदान गरे। उनले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री एवं व्यावसायिक बनाउन थप लगानी गर्दै गइरहेको बताए।

कार्यक्रममा अभिकर्ताहरुलाई कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले उत्प्रेरणा तालिम दिएका थिए। कम्पनीले यसअघि कोशी र मधेश प्रदेशका अभिकर्तालाई सम्मान गरेको थियो।

3350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका