जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नेशनल लाइफद्वारा बीमित राईको परिवारलाई डेढ करोड रुपैयाँको दावी भुक्तानी

नेशनल लाइफद्वारा बीमित राईको परिवारलाई डेढ करोड रुपैयाँको दावी भुक्तानी

नेशनल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले भण्डै डेढ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कोशी प्रदेश कार्यालयले स्वर्गिय बीमित साइमन राईको परिवारलाई दावी वापत कुल एक करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीमा इटहरीका बीमित स्वर्गिय राईले ५० लाख रुपैयाँ बिमांक भएको अमृत वर्षा जीवन बीमा गरेका थिए । कम्पनीका अनुसार उनले वार्षिक ६ लाख २९ हजार रुपैयाँका दरले ५ वटा किस्ता बुझाईसकेका थिए । यसैबीचमा बीमित राईलाई घातक रोग (क्यान्सर) लागेपश्चात उपचार खर्च वापत ५० लाख रुपैयाँ र बीमा योजनाको सर्त अनुसार अग्रिम भुक्तानी १६ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

उपचारको क्रममा २०८० चैत १६ गते बीमित राईको निधन भएपश्चात कम्पनीले मृत्युदावी वापत ६३ लाख ६५ हजार रुपैयाँको दावी भुक्तानी हस्तान्तरण गरेको छ । उक्त बीमा दावी वापतको रकम कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईले बीमितकी श्रीमती जापान माया राईलाई हस्तान्तरण गरेका हुन् ।

बीमा दावी भुक्तानी कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईले बीमा भनेको सुरक्षाको व्यापार भएको बताएका छन् । साथै, उनले आम नागरिकहरुलाई बीमा गर्न आह्वान गर्र्दै केही हुँदा पनि केही नहुँदा पनि बीमा एकदमै आवश्यक रहेको जिकीर गरेका छन् ।

बीमा दावी हस्तान्तरण कार्यक्रममा बीमितकी श्रीमती जापान माया राई, बीमितकी छोरी, कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राई र इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठ रहेका थिए ।

2520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका