जोडिनुहोस
शनिबार, अशोज ५, २०८१
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • नाफामा मुक्तिनाथ अगाडी: गरिमालाई पच्छ्याउँदै शाइन रेसुङ्गा र महालक्ष्मी, घाटामा ५ विकास बैंक

नाफामा मुक्तिनाथ अगाडी: गरिमालाई पच्छ्याउँदै शाइन रेसुङ्गा र महालक्ष्मी, घाटामा ५ विकास बैंक

विकास बैंकहरुले झन्डै पाँच अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्मको तथ्याङकले यस्तो यस्तो देखाएको हो ।

समिक्षा अवधिमा हाल संचालनमा रहेका १७ वटा विकास बैंकहरुले कुल ४ अर्ब ९५ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । अधिकांश बैंकहरु नाफा देखिएता पनि अझै पाँच वटा विकास बैंक भने नोक्सानीमा छन् ।

नाफामा मुक्तिनाथ विकास बैंकले सबैलाई उछिनेको छ । ११ महिनामा मुक्तिनाथ बैंकले १ अर्ब १६ करोड ९४ करोड रुपैयाँ नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले पनि ८५ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ । यता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६७ करोड ७९ लाख , महलाक्ष्मी विकास बैंकले ५५ करोड ४७ करोड नाफा आर्जन गरेका छन् ।

यस्तै, कामना सेवा विकास बैंकले पनि ११ महिनामा ४८ करोड ९२ लाख रुपैयाँ, लुम्बिनी विकासले ४२ करोड ३ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ३५ करोड ३५ लाख र ज्योति विकास बैंकले भने ३० करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

समिक्षा अवधिमा मितेरे डेभलपमेन्ट बैंकले भने ६ करोड ७६ लाख, कर्णाली डेभलपमेन्टले २ करोड ३२ लाख, ग्रीन डेभलपमेन्टले १ करोड ८८ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले पनि १ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको हो ।

एक्सेल डेभलपमेन्टसहित पाँच वटा बैंक घाटामै

समिक्षा अवधिमा एक्सेल डेभलपमेन्टसहित पाँच वटा बैंक घाटामा देखिएका छन् । राष्ट्र बैंकका अनुसार एक्सेल डेभलपमेन्टले सबैभन्दा धेरे नोक्सानी व्यहोरेको छ । बैंकले ११ महिनामा १७ करोड ६८ लाख रुपैयाँ घाटा व्यहोरेको हो ।

यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक पनि ७ करोड १७ लाख, सिन्धु विकास बैंक २ करोड ४७ लाख रुपैयाँ घाटामा देखिएका छन् । यता, नारायणी डेभलमेन्ट बैंक ५९ लाख ९० हजार र साल्पा विकास बैंक २५ लाख घाटामा छ ।

445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका