जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • झनै महँगो भयो कनेक्ट आईपीएस

झनै महँगो भयो कनेक्ट आईपीएस

नेपाल क्लियरीङ हाउसबाट लिमिटेडले संचालन गर्दै आएको कनेक्ट आईपीएसबाट हुने भुक्तानी अब झनै महँगो भएको छ। यसअघि पाउँदै आएको मूल्य अभिवृद्धि करको छूट अब नहुने भएपछि भुक्तानी महँगो हुने भएको हो।

नेपाल सरकारले यसअघि दिंदै आएको मुल्य अभिवृद्धि करको छूट अब नहुने भएपछि कनेक्ट आईपीएसबाट हुने भुक्तानी महँगो भएको हो। साउन १ देखि नै सम्पूर्ण सेवाहरुमा मुल्य अभिवृद्धि कर लागू हुने एनसीएचएलले जनाएको छ।

एनसीएचएल का अनुसार नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ बजेट अनुरुप नेपाल सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक ऐन , २०८१) बमोजिम एनसीएचएलले संचालनमा ल्याएका सम्पूर्ण सेवाहरुमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने भएको हो।

१३ प्रतिशत भ्याट लाग्ने भएपछि यसअघि नै महँगो मानिएको कनेक्ट आईपीएसबाट हुने कारोबारको शुल्क झन् महँगो बन्न पुगेको हो।

335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका