जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • अर्थ सचिवमा रामप्रसादको बढुवा, राजस्व सचिवको जिम्मेवारी दिनेश घिमिरेलाईअर्थ सचिवमा रामप्रसादको बढुवा, राजस्व सचिवको जिम्मेवारी दिनेश घिमिरेलाई

अर्थ सचिवमा रामप्रसादको बढुवा, राजस्व सचिवको जिम्मेवारी दिनेश घिमिरेलाईअर्थ सचिवमा रामप्रसादको बढुवा, राजस्व सचिवको जिम्मेवारी दिनेश घिमिरेलाई

रामप्रसाद घिमिरे अर्थसचिव बनेका छन् । मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै सोमबारको मन्त्रिपरिषदको वैठकले घिमिरेलाई अर्थ सचिव बनाएको हो ।

अर्थकै अर्को सचिव पद राजस्वमा दिनेश घिमिरे आएका छन् । घिमिरे यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए । अर्थ मन्त्रालयमा अर्थसचिवलाई सिनियर र राजस्व सचिवलाई जुनियर मानिन्छ ।

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ भने उपाध्यायको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलालाई ल्याइएको छ । यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल रक्षा मन्त्रालयमा पुग्दा रक्षा मन्त्रालयका सचिव किरण राज शर्मालाई वित्त आयोगमा सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई ऊर्जा मन्त्रालय सरुवा गरिएको छ ।
जल तथा ऊर्जा आयोगका सचिव केशव कुमार शर्मा बिडारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तानिएको छ । जल तथा ऊर्जा आयोगको सचिवमा प्रमिला बज्रचार्यलाई सरुवा गरिएको छ ।

685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका