जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सामाजिक सुरक्षा कोष विरुद्द बैंकका कर्मचारीको सडक आन्दोलन (फोटोफिचर)

सामाजिक सुरक्षा कोष विरुद्द बैंकका कर्मचारीको सडक आन्दोलन (फोटोफिचर)

सामाजिक सुरक्षा कोष बिरुद्द देशब्यापी रुपमा आन्दोलनमा रहेका बैंकका कर्मचारीहरुले मुख्य सडक मै आएर आन्दोलन थालेका छन् । यस अघि कार्यलयमा कालो पट्टी बाधेर तथा कार्यालय परिसर मै र्याली गरेका बैंकका कर्मचारीहरुले मुख्य सडक मै आएर आन्दोलन थालेका हुन् ।

आफुहरुले अगाडी सारेको १५ बुंदे मागलाई बेवास्ता गर्दै पेलेर अगाडी बढेकाले सामाजिक सुरक्षा बिरुद्द सडकमा उत्रिएको आन्दोलित बैंकका कर्मचारीहरुले जनाएका छन्। बैंकका कर्मचारीहरुले आफ्नो केन्द्रिय कार्यलयदेखि दरबार मार्गसम्म सडक र्याली गरेर सामाजिक सुरक्षा कोष बिरुद्दको आन्दोलनको स्वरूप बदलेका हुन्।

माछापुछ्रे बैंक, सिद्दार्थ बैंक, कुमारी बैक, बैंक अफ काठमान्डु, नेपाल बंगालदेश बैंक लगायतका बैंकका कर्मचारीहरुले आफ्नो केन्द्रिय कार्यलयदेखि दरबारमार्गसम्म सडक र्याली गरेका हुन्।

 

मफ्नो माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बैंकका कर्मचारीहरुले बताएका छन् ।

हेर्नुस फोटो फिचर:



8905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका