जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • अन्तरबैंक ब्याजदर फेरि ३ प्रतिशत तल

अन्तरबैंक ब्याजदर फेरि ३ प्रतिशत तल

अन्तरबैंक ब्याजदर फेरि ३ प्रतिशतभन्दा तल झरेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ ८ गते अन्तरबैंक ब्याजदर २.९६ प्रतिशत कायम भएको छ। अघिल्लो दिन पनि अन्तरबैंक ब्याजदर २.९६ प्रतिशत नै थियो।

भदौ ८ मा बैंकहरुको औसत सीडी रेसियो पनि ७८.९१ प्रतिशत रहेको छ। अघिल्लो दिन औसत सीडी रेसियो ७८.८९ प्रतिशत थियो। भदौ ८ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप घटेको छ भने कर्जा लगानी स्थिर रहेको छ। अघिल्लो दिन बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६४ खर्ब ४९ अर्ब रुपैयाँ रहेकोमा भदौ ८ मा घटेर ६४ खर्ब ४७ अर्ब रुपैयाँमा झरेको छ। कुल कर्जा लगानी भने भदौ ८ मा ५१ खर्ब ७९ अर्ब रुपैयाँ रहेको छ।

535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका