जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीको नयाँ व्यापार साढे २ अर्ब बढी

जीवन बीमा कम्पनीको नयाँ व्यापार साढे २ अर्ब बढी

आर्थिक वर्ष २०८१ /८२ को पहिलो महिना अर्थात साउन महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बाहेक साढे २ अर्ब बढी प्रथम बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ६४करोड ६६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ४१ करोड ३४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले २७ करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

एलआइसी नेपालले २० करोड २ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १९करोड ९१लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले १९ करोड ४९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले १० करोड ७२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले १० करोड ७० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफले ८ करोड ९६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ८ करोड ३२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ७ करोड ९८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ७ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ४ करोड ४९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ६२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?