जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • कोरोना बीमाको रकम माग गर्दै बीमक संघद्वारा सर्वोच्चमा मुद्दा दायर

कोरोना बीमाको रकम माग गर्दै बीमक संघद्वारा सर्वोच्चमा मुद्दा दायर

नेपाल बीमक संघले सरकारविरुद्ध मुद्दा दायर गरेको छ । कोरोना बीमा बापतको दाबी भुक्तानी गर्न माग गर्दै संघले आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

कोरोना बीमा बापतको दाबी भुक्तानी माग गरेको ४ वर्ष हुँदा पनि अझै एक लाखभन्दा बढी बीमितले भुक्तानी पाएका छैनन् । उनीहरूले ९ अर्ब ७२ करोड रुपैयाँ भुक्तानी नपाएका हुन् । सो भुक्तानी नेपाल सरकारले दिनुपर्ने हो ।

सरकारले बीमा कम्पनीहरूलाई करिब २ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । सरकारले बीमित र कम्पनीहरूलाई जम्मा ११ अर्ब रुपैयाँ बढी रकम कोरोना बीमाबापत भुक्तानी दिन बाँकी रहेको छ ।

सोही रकम भुक्तानीको माग गर्दै बीमक संघले सर्वोच्चमा मुद्दा दायर गरेको संघका महासचिव तथा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए ।

110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका