जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • उद्योग वाणिज्य महासंघको सक्रियताले अहिले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

उद्योग वाणिज्य महासंघको सक्रियताले अहिले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन्। ललितपुर उद्योग वाणिज्य संघको ४५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनलेभने, ‘कोभिड-१९ महामारी र रसिया-युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबैमा थियो। त्यति नै बेला यहाँ श्रीलंकाको जस्तै अवस्था हुने हल्ला फैलाइयो। नेतृत्वमा आएपछि करिब डेढ वर्ष हामीले यसरी काम गर्‍यौं कि अहिले आशा जागेको अवस्था छ। अर्थतन्त्रमा सुधारका संकत देखिएका छन्।’

महासंघले आममानिसमा देखिएको निराशाको अवस्था चिर्न सरकारसँगको सहकार्य थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिड-१९पछि त्यसअघिकै अवस्थामा पुनःस्थापना गर्न सुधारका कामको सुरुवात गरेर सरकारलाई दबाब दिएकाले अहिले सकारात्मक परिणाम देखिएको अध्यक्ष ढकालको दाबी थियो।

महासंघकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेकोभन्दा फरक रहेको उनको भनाइ थियो।

उनले भने, ‘पहिले दाताले प्रतिबद्धता गरेबमोजिमको लगानी आएन। किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ। कतिपय कानुनहरु बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्‍यौं। सरकारलाई दबाब पनि दियौं। हाम्रो सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठ वटा कानुन संशोधन भए। हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धताअनुसार लगानी ल्याउन सहज हुनेछ।’

कानुन संशोधनका क्रममा राजनीतिक पार्टीहरु आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उनले बताए। उनले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई एकत्रितगरी ठूला लगानीमा लगाउनसक्ने बताएका छन्।

यस्तै पुँजीलाई बटुलेर राष्ट्रियस्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्रले सबैको सहभागितामा १० अर्बको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना भइसकेको जानकारी उनले दिएका थिए। देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासंघले धेरै काम गरेको उदाहरण पेस गर्दै उनले यो समय लगानीका लागि उचित समय भएकाले लगानी गरी लाभ लिन सबैलाई आग्रह गरेका थिए। रासस

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका