जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सिद्धार्थ बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सिद्धार्थ बैंकले ललितपुर नगरपालिका मंगलबजारको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ६ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । बैंकका वरिष्ठ प्रबन्धक प्रदीप पन्तले विद्यालयका प्रधानाध्यापक आनन्द ढुंगानालाई कम्प्युटर हस्तान्तरण गरेका हुन्  । 

बालिकाहरूको शिक्षामा केन्द्रित भई स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ ।

यस अभियानअन्तर्गत विद्यालयका करिब तीन सय विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर पुर्‍याउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास लिएको बैंकले जनाएको छ । 

3790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका