जोडिनुहोस
सोमवार, बैशाख १, २०८२
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • आइएमई पेले ल्यायो दसैंलक्षित आकर्षक अफर, जम्मा १ रुपैयाँमा आन्तरिक हवाई टिकट 

आइएमई पेले ल्यायो दसैंलक्षित आकर्षक अफर, जम्मा १ रुपैयाँमा आन्तरिक हवाई टिकट 

डिजिटल वालेट आइएमई पेले दसैं पर्वलाई लक्षित गरी जम्मा १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना ल्याएको छ। आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राहीमध्ये दैनिक ५ जनाले १ रुपैयाँमा टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ।

ती ग्राहकले खरिद गरेको हवाई टिकटको रकम १ रुपैयाँ कटाएर विजेता घोषणा गरेपश्चात क्यासब्याक पाउनेछन्। यो योजना असोज २३ गतेसम्म कायम रहने कम्पनीले बिहिबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीका अनुसार आइएमई पेमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकले ८१ रुपैयाँ क्यासब्याक पाउनुका साथै हरेक दिन ३० जनाले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउनेछन्।

आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले चाडपर्वका अवसरमा आफ्ना सेवाग्राहीलाई कृतज्ञता र उपहारस्वरुप अफर ल्याएको बताए।

885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?