जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६ महिनामा कमायो २० करोड नाफा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६ महिनामा कमायो २० करोड नाफा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामा २० करोड माथिको नाफा गरेको छ ।

कम्पनीले प्रकासित गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले कुल २० करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्ष कम्पनीले १७ करोड ३१ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।

गत पुस मसान्तको तुलनामा चालुआवको सोही अवधिमा कम्पनीको नाफा १५.५४ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवमा प्रिमियम शुल्क तथा कर्जाबाट प्राप्त ब्याजको हिस्सा बढाउँदा त्यसको प्रभाव कम्पनीको कुल नाफामा देखिएको हो ।

चालु आवको ६ महिनामा कम्पनीको प्रिमियम शुल्क २०.१२ प्रतिशतले बढेको छ । गत वर्ष पुस मसान्तसम्म १ अर्ब ५९ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेको कम्पनीले चालु आवको सोही अवधिमा १ अर्ब ९१ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेको हो ।

यस्तै कर्जा तथा अन्य क्षेत्रमा कम्पनीले गरेको लगानीबाट कम्पनीले २० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष पुस मसान्तसम्म कम्पनीले १७ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यो बाहेक कम्पनीले बीमा दाबी भुक्तानी पनि चालु आवमा बढाएको छ । गत आवको पुस मसान्तसम्म कम्पनीले ९५ करोड ८ लाख रुपैयाँ बिमितलाई दाबीभुक्तानी गरेकोमा यस वर्ष भने १ अर्ब ३९ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको पुसको तुलनामा चालु आवमा पोलिसी बिक्रीलाई बढाउँदा पनि त्यसको सकारात्मक असर कम्पनीको वित्तीय विवरणमा देखिएको हो ।

चालु आवको ६ महिनामा कम्पनीले १ लाख ४८ हजार ९२ वटा बीमा पोलिसी बिक्री गरेको छ भने ४२ हजार ७ सय ७३ वटा बीमा पोलिसी नविकरण गरेको छ ।

समग्रमा चालु आवको पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ । नेपाल बीमा प्राधिकरणले जिवन बीमा कम्पनीहरुको चुक्तापुँजी न्युनतम पनि ५ अर्ब पुर्र्याउनुपर्ने व्यवस्था गरेअनुसार कम्पनीले चुक्तापुँजी पुर्याउन सकेको देखिदैन ।

पुसमसान्तको अवधिमा कम्पनीले ६ अर्ब ५९ करोड रुपैयाँ लगानी गरेको छ । बीमाकोषबाट प्राधिकरणले तोकेको ११ क्षेत्रमा कम्पनीले उक्त लगानी गरेको हो

340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका