जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘प्रदेश विशेष कृषि कर्जा’, पाँच करोड रुपैयाँसम्म दिने

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘प्रदेश विशेष कृषि कर्जा’, पाँच करोड रुपैयाँसम्म दिने

 राष्ट्रिय वाणिज्य बैंकले ‘प्रदेश विशेष कृषि कर्जा’ प्रडक्ट शुभारम्भ गरेको छ। बैंकले प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा अधिकतम पाँच करोड रुपैयाँसम्म दिने गरी एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत ‘प्रदेश विशेष कृषि कर्जा’ प्रडक्ट शुभारम्भ गरेको हो।

यो कर्जाका लागि फर्म वा कम्पनी दर्ता गरेको हुनुपर्नेछ। फर्म दर्ता गरी कषि व्यवसायमा आवद्ध १८ देखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिकले कर्जाका लागि आवेदन दिन सक्ने बैंकले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

बैंकका अनुसार यो कर्जा अधिकतम १० वर्षका लागि प्रदान गरिने छ। आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ। यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ।

ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना धितोको रुपमा रहने छ। आवश्यकता अनुसार घर/जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्ने बैंकले जनाएको छ।

बैंकले कोशी प्रदेशमा अलैंची, मधेशमा माछा, बागमतीमा कुखुरा, गण्डकीमा फलफुल, लुम्बिनीमा पशुपालन, कर्णालीमा जडिबुटी र सुदूरपश्चिममा केरा खेतीलाई विशेष कृषि उपज मानेर लगानी गर्नेछ।

1960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका