जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नक्कली भ्याट बिलको कारोबार गर्ने विरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको माग दाबी

नक्कली भ्याट बिलको कारोबार गर्ने विरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको माग दाबी

देशका विभिन्न स्थानहरुमा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलको कारोबार गर्ने गिरोहविरुद्ध मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले नक्कली बिलको कारोबार गर्ने २८ जनाविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायार गरेको हो।

राजस्व छली गर्ने सर्लाही जिल्ला स्थाई घर भइ पद्म कोलनी सितापाइला काठमाडौं बस्ने राम किशोर प्रसाद समेत २८ जनाबाट १ अर्ब ३२ करोड ४६ लाख माग दाबी गरिएको हो।

प्रसादले मोहन ट्रेड इन्टरनेशनल लगायत विभिन्न २६ वटा फर्महरु सञ्चालन गरी धन्दा चलाउने गरेको विभागको अनुसन्धानबाट खुलेको छ। जसअनुसार, ती फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरि उक्त सबै फर्मको बैक खाता संचालन भने प्रसादले नै गरेर विभिन्न फर्महरुको नाममा झुटा तथा नक्कली बिक्री बिजक जारी गर्ने गरेको पाइएको हो ।

प्रसादले आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्ममा भ्याट तथा आयकर राजस्व चुहावट गरेको अनुसन्धानबाट देखिएको छ । उनले भ्याटतर्फ ४३ करोड र आयकर तर्फ ८६ करोड  तथा लाभांश करतर्फ २ करोड राजस्व चुहावट गरेको विभागले जनाएको छ।

उनीविरुद्ध राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार कारबाही प्रकृया अघि बढ्नेछ।

7960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका