जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • बाढीमा पसेर दाजुभाईको उद्धार गर्ने तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्मान

बाढीमा पसेर दाजुभाईको उद्धार गर्ने तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्मान

ललितपुर महानगरपालिकास्थित नख्खु खोलामा असोज १२ गते आएको बाढीले बगाएकामध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल भएका काभ्रे तेमालका चनिकलाल तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्मान स्वरुप ३० लाख रुपैयाँको बिमा गर्दै ११ हजार रुपैयाँ नगद दिएको छ ।

काभ्रे तेमाल गाँउपालिका-९, चोपाटारका स्थायी बासिन्दा ३७ वर्षीय तामाङ हाल ललितपुर महानगरपालिका-२५ मा बस्दै आएका छन् । सोही क्षेत्रमा रहेको नख्खु खोलामा असोज १२ गतेको बाढीले बगाउँदै गरेका दुई व्यक्तिलाई उद्धार गरेपछि उनी चर्चामा आएका हुन् ।

यही बुधबार कम्पनीको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उनलाई सम्मान गर्दै नगद रकम हस्तान्तरण गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत प्रसाईले तामाङलाई ‘रियल हिरो’को संज्ञा दिँदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए ।

कार्यक्रममा उद्धारकर्ता तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सैह्य नभएर बाढीमा हामफालेर दुई जनालाई बचाउन सफल भएको प्रतिक्रिया दिए । साथै यस किसिमका सम्मानले आफूलाई हौसल प्रदान गरेको र आम मानिसमा मानवीयता विकास हुने उनले बताए ।

465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका