जोडिनुहोस
शनिबार, फाल्गुन ९, २०८२
शनिबार, फाल्गुन ९, २०८२
  • होमपेज
  • प्रधानमन्त्री उद्धार कोषमा एभरेष्ट बैंकबाट ५० लाख रुपैयाँ सहयोग

प्रधानमन्त्री उद्धार कोषमा एभरेष्ट बैंकबाट ५० लाख रुपैयाँ सहयोग

एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज ११ र १२ गते आएको बाढीपहिरो र डुबानबाट प्रभावितहरुको राहात, पुननिर्माण तथा पुनस्र्थापनाका लागि बैंकले सो कोषमा सहयोग गरेको हो ।

मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको छ ।

2215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?