जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीको बीमाशुल्क ३२ अर्ब नाघ्यो, शिखर

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क ३२ अर्ब नाघ्यो, शिखर

निर्जीवन बीमा कम्पनीहरुको कारोबार बढेको छ। चालु आर्थिक वर्षको १० महिनामा ३२ अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन्। गत वर्षको सोही अवधिका तुलनामा व्यवसाय बढे पनि बीमालेख जारी गर्ने संख्या भने घटेको छ।

नेपाल बीमा प्राधिकरणको चालु आवको वैशाख मसान्तसम्मको वित्तीय तथ्यांकअनुसार कम्पनीहरुले ३२ अर्ब ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। यस अवधिमा २३ लाख ३५ हजारभन्दा बढी बीमालेख जारी गरेका छन्।

गत वर्ष यही अवधिमा ३१ अर्ब १९ करोड बीमाशुल्क आर्जन गरेका थिए भने २३ लाख ४८ हजार बीमालेख जारी गरेका थिए। पछिल्लो समय राम्रो व्यवसाय विस्तार गरिरहेको कम्पनीलाई मर्जर भएका नयाँ कम्पनीहरुले उछिन्दै छन्। यसअघि शिखर, राष्ट्रिय बीमा कम्पनी, नेको इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमा पर्ने गरेका थिए।

यसपटकको तथ्यांकअनुसार ४ अर्ब ४२ करोड रुपैयाँ संकलन गरेर शिखर इन्स्योरेन्स बीमाशुल्क आर्जनमा अग्र स्थानमा छ। यस अवधिमा कम्पनीले २ लाख २४ वटा बीमालेख जारी गरेको छ। वैशाख महिनामा मात्र कम्पनीले २७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो।

मर्जरपछि बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। हाल यसका २ लाख ८४ हजार वटा बीमालेख सक्रिय छन्। कम्पनीले वैशाखमा २४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। कम्पनीका २ लाख ९० हजार वटा बीमालेख जारी भएको छ। वैशाखमा मात्र २९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ लाख १९ हजार वटा बीमालेख बिक्री गरी २ अर्ब ४९ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेको छ। कम्पनीले वैशाखमा मात्र १९ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेको छ।

नेको इन्स्योरेन्सले २ लाख ३२ हजार वटा बीमालेखबाट २ अर्ब ४५ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेको छ। वैशाखमा कम्पनीको बीमाशुल्क आर्जन १९ करोड रुपैयाँ छ।

राष्ट्रिय बीमा कम्पनीले २ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। वैशाखमा मात्र २ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ।कम्पनीमा हाल ४६ हजार वटा बीमालेख सक्रिय छन्।

एनएलजी इन्स्योरेन्सले एक अर्ब ९८ करोड रुपैयाँ संकलन गरेको छ। वैशाख महिनामा कम्पनीको बीमाशुल्क १७ करोड रुपैयाँ थियो। कम्पनीमा एक लाख ६८ हजार वटा बीमालेख जारी भएका छन्।

चालु आर्थिक वर्षको १० महिनामा सानिमा जीआइसीले एक अर्ब ८२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले वैशाखमा मात्र १६ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेको छ।

अजोड इन्स्योरेन्सले १ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेको छ। वैशाखमा २६ करोड रुपैयाँ संकलन गरेको कम्पनीका हाल १ लाख १३ हजार वटा बीमालेख सक्रिय छन्।

त्यस्तै, साविकको आइएमई जनरलले एक अर्ब ५१ करोड र प्रभु इन्स्योरेन्सले बीमाशुल्क एक अर्ब २७ करोड आर्जन गरेका छन्। नेपाल इन्स्योरेन्सले एक अर्ब २७ करोड, प्रुडेन्सियल इन्स्योरेन्स एक अर्ब १५ करोड, ओरियन्टल इन्स्योरेन्सले एक अर्ब १६ करोड, युनाइटेड इन्स्योरेन्सले एक अर्ब १५ करोड र मर्जरपछि आइजीआइ प्रुडेन्सियलले २ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणले जनाएको छ।

1100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका