जोडिनुहोस
शुक्रबार, कार्तिक ९, २०८१
शुक्रबार, कार्तिक ९, २०८१
  • होमपेज
  • माछापुच्छ्रे क्यापिटलको लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटलको लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडले लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ‘विश्व लगानीकर्ता सप्ताह’को अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम विश्वभरिका पूँजीबजारका नियामक निकायहरुको अन्तराष्ट्रिय संस्था International Organization Of Securities Commission (IOSCO)को आह्वानमा सन् २०१७ देखि हरेक वर्ष मनाउन थालिएको हो ।

माछापुच्छ्रे क्यापिटलले यसै अवसरमा कार्तिक ९ गते, युवा विद्यार्थीहरुमा लगानीसम्बन्धी सचेतना प्रदान गर्ने तथा उनीहरुलाई सानो उमेरदेखि नै लगानीको महत्व बुझाउनका लागि रामग्राम ५, परासी, नवलपरासीस्थित ‘श्री आदर्श माध्यमिक विद्यालय’मा कक्षा १० र ११ मा अध्यनरत विद्यार्थीहरुका साथै विद्यालय व्यवस्थापन समिति, शिक्षकवर्ग, अभिभावक समितिलगायत ९५ जनालाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको छ ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका