सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा २ करोड ३३ लाख ३४ हजार ६५६ रुपैयाँ मनोरञ्जनमा खर्च गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा बैंकले १ करोड ९२ लाख ८२ हजार २२४ रुपैयाँ मनोरञ्जनमा खर्च गरेको छ । गत वर्ष भन्दा यस वर्ष ४० लाख ५२ हजार ४३२ रुपैयाँ अर्थात १७.३६६ प्रतिशतले बढी रहेको छ । मनरोन्जनको कुन शिर्षकमा कति खर्च ? भयो भनेर बैंकले छुटाएको छैन् ।
एकमुष्ट मनोरञ्जनको शिर्षकमा उक्त रकम खर्च भएको बैंकको बार्षिक प्रतिवेदन देखाउँछ । बैंकले यस आर्थिक वर्षमा संचालकहरुको बैठक भत्ता बापत ८७ लाख ३१ हजार रुपैयाँ दिएको छ । ५.२६ प्रतिशत नगद लाभांश दिएको यस बैंकको बैठक भत्तालगायतको अन्य खर्चमाथि सेयरधनीले चर्काे विरोध गरेका छन् । बैंकले मंसिर यही ४ गते आम्रपाली बैङक्वेटमा २० बार्षिक साधारणसभा बोलाएको छ ।