Sticky Breaking News
सानिमा बैंकमा बैठक भत्ता र तलबमा संचालक र सिईओ पाण्डे को लुटतन्त्र, राष्ट्र बैंक किन बोल्दैन ?
सानिमा बैंक लिमिटेडमा संचालक समिति र प्रमुख कार्यकारी अधिकृत (सिईओ) को मिलोमतोमा तलव भत्ताको नाममा लुटतनत्र मच्चाएका छन् । संचालक र सिईओले गत आर्थिक वर्ष २०८०/८१ म तलव भत्ताको नाममा करोडौं रुकम गोजीमा हाले । बैंकको संचालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल, संचालकहरुमा गायत्री थापा, केशव प्रसाद आचार्य, रमेश कुमार पोखरेल, आशुतोष उपाध्याय र लक्ष्मी प्रसाद निरौला रहेका छन् । यता, बैंकको सिईओमा निश्चल राज पाण्डे रहेका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा संचालकहरुले बैठक भत्ता मात्रै ८७ लाख ३१ हजार रुपैयाँ बुझेका छन् । त्यसै गरी सिइओले तलव भत्ता गरी १ करोड १९ लाख ३६ हजार रुपैयाँ बुझेका छन् । यो त गत आर्थिक वर्षको संचालक र सिइओले बुझेका तलव भत्ता भए । यति तलव भत्ताले पनि नपुगेपछि संचालकले अझै बैठक भत्ता बढाउने भएको छ । सानिमा बैंकले संचालकहरुको भत्तामा ४५.८३३ प्रतिशत बढाउने तयारी गरिरहेको छ । बैंकको बार्षिक प्रतिवेदन अनुसार संचालक समितिको अध्यक्षको बैठक भत्ता १३ हजारबाट २४ हजार अर्थात ११ हजार रुपैयाँ बढी र अन्य संचालकहरुको १२ हजारबाट २२ हजार अर्थात १० हजार रुपैयाँ बढी बढाउने प्रस्ताव बैंकले साधरणसभामा लैजाने तयारी गरेको छ ।
त्यसै गरी बैंकले संचालकहरुको दैनिक भ्रमण भत्ता, खाना भत्ता, होटल बस्दाको भत्ता, फुटकर खर्च, भारत भ्रमण भत्ता, सार्क मुलुक (भारत बाहेक) भत्ता, भारत तथा सार्क मुलुक बाहेक अन्य मुलुकहरु (युरोप, अमेरीका तथा अन्य देश) भ्रमण गर्दा हुने खाना, बस्दाको भत्ता, यातायात लगायतको भत्ता बडाउने तयारी गरेको छ ।
बैंकको मनोरञ्जन खर्च २ करोड ३३ लाख
सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८० ८१ मा २ करोड ३३ लाख ३४ हजार ६५६ रुपैयाँ मनोरञ्जनमा खर्च गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा बैंकले १ करोड ९२ लाख ८२ हजार २२४ रुपैयाँ मनोरञ्जनमा खर्च गरेको छ । गत वर्ष भन्दा यस वर्ष ४० लाख ५२ हजार ४३२ रुपैयाँ अर्थात १७.३६६ प्रतिशतले बढी रहेको छ । मनरोन्जनको कुन शिर्षकमा कति खर्च ? भयो भनेर बैंकले छुटाएको छैन् । एकमुष्ट मनोरञ्जनको शिर्षकमा उक्त रकम खर्च भएको बैंकको बार्षिक प्रतिवेदन देखाउँछ । बैंकले यस आर्थिक वर्षमा संचालकहरुको बैठक भत्ता बापत ८७ लाख ३१ हजार रुपैयाँ दिएको छ । ५.२६ प्रतिशत नगद लाभांश दिएको यस बैंकको बैठक भत्तालगायतको अन्य खर्चमाथि सेयरधनीले चर्काे विरोध गरेका छन् । बैंकले मंसिर यही ४ गते आम्रपाली बैङक्वेटमा २० बार्षिक साधारणसभा बोलाएको छ ।