जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • रिलायबल नेपाल लाइफको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको पर्शा भण्डारा शाखा कार्यालयले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम पर्सा भण्डारा शाखाका शाखा प्रमुख कुल राज शर्मा सभाअध्यक्ष रहेको कार्यक्रममा चितवन तथा लुम्बिनी प्रदेश प्रमुख राजेन्द्र पौडेल र प्रमुख बजार प्रबन्धक शैलेन्द्र श्रेष्ठको आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट व्ययवसाय गर्ने सम्पूर्ण एमडिआरटी, सिनियर एजेन्सी म्यानेजरहरू, एजेन्सी म्यानेजरहरू, नयाँ तथा पुराना अभिकर्तालाई सम्मान गरिएको पर्शा शाखा मार्केटिङ प्रमुख हेमराज बस्नेतले जानकारी दिए ।कम्पनीले दिएको सम्मान र हौशलाले आउँदो दिनमा अझै राम्रो तरिकाले जीवन बीमा व्यवसाय गर्न सहज हुने प्रतिक्रिया सम्मानित अभिकर्ताहरुले दिएका छन् ।(तस्विरहरु)

2515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?