जोडिनुहोस
बुधबार, मंसिर २६, २०८१
बुधबार, मंसिर २६, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकलाई गोंगबुको भोकमन्त्रमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई गोंगबुको भोकमन्त्रमा छुट

सिटिजन्स बैंकका ग्राहक र कर्मचारीहरुलाई काठमाडौंको गोंगबुस्थित भोकमन्त्रका विभिन्न सेवाहरुमा छुट दिइने भएको छ ।

दुई पक्षबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्ड वाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भोकमन्त्रमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा पनि प्राप्त गर्न सकिने बताइएको छ ।

हालै विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको यस बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।

उक्त भर्चुअल क्रेडिट कार्डमा भौतिक कार्ड बिना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्नसक्ने सुविधा रहेको बैंकले बताएकाे छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका