जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालन, ग्राहक आफैले क्यास डिपोजिट गर्न पाउने

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालन, ग्राहक आफैले क्यास डिपोजिट गर्न पाउने

अंग्रेजी नयाँ वर्ष २०२५ को सुरुवातसँगै प्रभु बैंक लिमिटेडले विद्युतीय कारोवारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टरमार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा नगद जम्मा गर्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिनेलगायतका सेवाहरू आफैले प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागी बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ ।

हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकताअनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ ।

साथै यस नबिनतम सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने बैंकले विश्वास लिएको छ ।

1585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका