जोडिनुहोस
शुक्रबार, पुस २६, २०८१
शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कृषि विकास बैंक लहान शाखाको घटनामा बैंक तथा वित्तीय संस्थाको आपत्ति

कृषि विकास बैंक लहान शाखाको घटनामा बैंक तथा वित्तीय संस्थाको आपत्ति

सिरहाको लहानस्थित कृषि विकास बैंकको शाखा कार्यालयमा भएको आक्रमणप्रति बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले प्रतिवाद गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्तीय संस्था संघले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी ध्यानकर्षण भएको बताएका हुन् । बैंकको लाहान शाखाले स्थानीय किसान रामचन्द्र यादवलाई जग्गा धितोमा कृषि कर्जा दिएको र कर्जा भुक्तानी नभएपछि बैंकले उनको जग्गा लिलाम गरेको थियो । बैंकले आफ्नो जग्गा आफूलाई जानकारी नै नदिई लिलाम गरेको भन्दै बिहीबार किसान रामचन्द्र सहित स्थानीयले पूर्वपश्चिम राजमार्ग नै अवरोध गर्दै लहानमा प्रदर्शन गरेका थिए ।

सोही क्रममा बैंकको शाखामा समेत आक्रमण भएको र राजमार्ग अवरुद्ध गर्ने क्रममा भएको झडपका क्रममा प्रहरी र प्रदर्शन गर्ने स्थानीय समेत घाइते भएका थिए । बैंकको कार्यालय नै बन्द गराएर भएको प्रदर्शन तथा लहानका अन्य केही बैंक शाखासमेत बन्द गराएको र कर्मचारीलाई सामाजिक सञ्चालन मार्फत धम्की दिएको भन्दै बैंक तथा वित्तीय संस्था एकजुट भएर त्यसको प्रतिवाद गरेका हुन् । कृषि विकास बैंकले बिहीबार नै विज्ञप्ति जारी गर्दै किसान रामचन्द्रले पटक–पटक पत्राचार गर्दा समेत ऋण नतिरेपछि धितो लिलाम भएको भन्दै बैंकमाथि लगाइएको आरोपको खण्डन गरेको छ । विभिन्न माध्यमबाट बैंकका कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति सबै बैंक तथा वित्तीय संस्था एकजुट भएर त्यसको विरोध जनाएका हुन् ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका