जोडिनुहोस
आइतवार, असार १४, २०८३
आइतवार, असार १४, २०८३
  • होमपेज
  • रिलायन्स फाइनान्सका ग्राहक तथा कर्मचारीलाई स्काइवाक टावरमा छुट

रिलायन्स फाइनान्सका ग्राहक तथा कर्मचारीलाई स्काइवाक टावरमा छुट

रिलायन्स फाइनान्सका ग्राहक तथा कर्मचारीले वन्डर्स नेपालको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धमा रिलायन्स फाइनान्स र वन्डर्स नेपाल प्रा.लि बीच द्विपक्षीय सम्झौता भएको हो ।

रिलायन्स फाइनान्सले डिजिटल लेनदेनहरूलाई प्रोत्साहन गर्ने र त्यस्ता साझेदारीहरू मार्फत ग्राहकहरूको फाइदा बढाउने लक्ष्य राखेको छ ।

रिलायन्स फाइनान्स डिजिटल बैंकिङ च्यानलहरू विस्तार गर्न प्रतिबद्ध छ र ग्राहकहरूलाई डिजिटल भुक्तानी विधिहरू प्रयोग गर्न प्रोत्साहित गर्दछ । डिजिटल लेनदेनका लागि थप विवरणहरू फाइनान्सको वेबसाइटमा हेर्न सकिने संस्थाले जानकारी गराएको छ ।

हाल फाइनान्सले आफ्ना मुख्य कार्यालय, कमलादी काठमाडौंसहित अन्य २१ वटा शाखा कार्यालय मार्फत् आफ्ना ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शीर्षकहरुमा कर्जा प्रदान गरिरहेको छ । साथै, संस्थाले विभिन्न निक्षेप योजना लागू गरि आकर्षक व्याज प्रदान गर्दै निक्षेप संकलन गर्दै आएको छ ।

1800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका