जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन बैंक Himalayan Bank Limited  र नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited  को शेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले एक आपसमा मर्जमा जाने सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ को (१) बमोजिम दुवै बैंकको शेयर कारोबार आज बैशाख ३१ देखि लागु हुने गरि रोक्का राखिएको नेप्सेले जनाएको छ ।

दुई बैंकबीच बिहिबार मर्जर सम्झौता भएको हो ।  सम्झौतामा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । दुवै बैंक १:१ को स्वापमा मर्जमा जाने भएका हुन् ।

मर्जरपछि बन्ने बैंकको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाँडे हुने सहमति भएको छ भने हिमालयन बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक राणा सीईओ हुने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओ हुने छन् ।

यस अघि मर्जरपछि बन्ने बैंकमा  मुख्य कार्यकारी अधिकृत र प्रमुख कार्यकारी अधिकृत गरि २ सीइओ राख्ने बारे बैंकमा छलफल भएको थियो । तर राष्ट्र बैंकले त्यस्तो नहुने मौखिक जानकारी गराएपछि एक जना सीइओ र एक जना डेपुटी सीइओ हुने गरि सहमति भएको हो । आगामी दुई महिनाभित्र प्रक्रिया सक्ने गरी काम गर्ने सहमति भएको छ ।

दुई दशकदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका साला हुन्। पाण्डेका ससुरा हिमालय शम्शेर राणा हिमालयन बैंकमा अहिले पनि संचालक समितिको प्रमुख सल्लाहकारका रूपमा छन्।

5575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका